२०८२, ६ माघ मंगलबार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः बस्दैछ। बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे सुरू हुने तय गरिएको छ।

शुक्रबार महाधिवेशन कार्यतालिकामा सहमति नजुटेकाले बैठक स्थगित गरिएको थियो। सहमति खोज्न आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दैछ।

महामन्त्री विश्वप्रकाश शर्मा, गगन थापा र शेखर कोइराला पक्षले पुस १६–१९ भित्र महाधिवेशन गर्न प्रस्ताव गरेका छन् भने सभापति शेरबहादुर देउवा पक्षले वैशाख अन्त्यमा गर्नुपर्ने मत राखेको छ।

१४औं महाधिवेशनका २४८८ प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाइसकेका छन्, तर अधिकांश पदाधिकारी नियमित महाधिवेशनको पक्षमा रहेका छन्।

प्रकाशित मिति : २०८२, १६ कार्तिक आईतबार  ९ : ४८ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा