२०८२, ६ माघ मंगलबार

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन लागेको ११ औँ राष्ट्रिय महाधिवेशनको स्थल पोखराबाट काठमाडौं सार्ने निर्णय गरेको छ। शनिबार काठमाडौंको गुण्डुमा बसेको एमाले सचिवालय बैठकले महाधिवेशन स्थल परिवर्तन गर्ने निर्णय गरेको हो।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले भने,

“नेकपा (एमाले) को सचिवालय बैठकले मुख्यतया तीन वटा महत्वपूर्ण निर्णयहरू गरेको छ। पहिलो, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णयलाई पुनः पुष्टि गरिएको छ। सो निर्णयलाई थप स्पष्टता दिँदै बैठकले महाधिवेशन स्थल पोखराको सट्टा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो।”

पहिले एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो। तर, व्यवस्थापकीय कारण तथा सहभागी संख्या बढी हुने अनुमानका कारण स्थल परिवर्तन गरिएको बताइएको छ। उपमहासचिव ज्ञवालीका अनुसार देशभरका ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिनेछ।
उनका अनुसार प्रतिनिधि चयन मंसिर १३ गते शनिबार देशभर एकै दिन हुने र त्यसको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने छ। एमालेको ११ औँ महाधिवेशन पार्टीको नेतृत्व, नीतिगत दिशा र आगामी राजनीतिक रणनीतिलाई पुनःनिर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २०८२, १५ कार्तिक शनिबार  ७ : ५४ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा