२०८२, १४ पुस सोमबार

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ


काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ बजेदेखि डाकिएको हो। बैठकको मुख्य एजेण्डा महाधिवेशनको तयारी र जनपरिचालन रहेका छन्।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, सचिवालय बैठक आगामी पोखरा महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ। महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटी, व्यवस्थापन र निर्वाचन तालिका बारे बैठकमा निर्णय लिने योजना बनाइएको छ।

गौतमले नेपाल प्रेससँग भने, “आज क्यालेन्डर, प्रतिनिधिको रेसियो, प्रतिनिधि छनोट मिति र शुल्क जस्ता विषयमा अन्तिम निर्णय हुनेछ।” यसवर्षको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि चयन हुने प्रारम्भिक अनुमान गरिएको छ। सौराहामा आयोजित १०औं महाधिवेशनमा आयोजकसहित १९ सय प्रतिनिधि थिए।

गौतमका अनुसार, वर्तमानमा एमालेमा ६ लाख ६३ हजार संगठित सदस्य रहेको छ। यसपटक सदस्य संख्या बढेकाले प्रतिनिधि चयनको अनुपात १२ सय सदस्यमा ३ जना प्रतिनिधि हुने खाका बनाइएको छ। यद्यपि, यो अन्तिम निर्णय सचिवालयले नै गर्नेछ।

प्रकाशित मिति : २०८२, १५ कार्तिक शनिबार  ११ : ०५ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले