२०८२, १६ कार्तिक शनिबार

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ चक्रवातको प्रभाव कमजोर हुँदै गएको छ । शुक्रबार रातिदेखि यसको प्रभाव कमजोर हुँदै गएको हो ।

महाशाखाले हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ । जसका कारण, आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भागहरुमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ ।

दिउँसो कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति भने कोशी र मधेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२, १६ कार्तिक शनिबार  १० : ४९ बजे

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार

काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा