२०८३, ८ भाद्र मंगलबार

ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश


काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारको अनुमति विना काठमाडौं उपत्यका बाहिर जान नपाउनेगरी तोकिएको स्थानहद (movement restriction)विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायधिश नृपध्वज निरौलाको इजलासले सरकारले र जाँचबुझ आयोगले पेश गरेका कारणको आधारमा आदेश जारी गरेको छ। अधिवक्ता डा. प्रेमराज सिलवालले स्थानहद तोक्नु कानून विपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए। जेन–जी आन्दोलनको क्रममा भएको दमन र भोलीपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगको सिफारिसमा सरकारले ओली, लेखक र तत्कालिन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतीविना उपत्यका बाहिर जान नदिने निर्णय गरेको थियो।

यस्तै तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडीमाथि पनि स्थानहद लगाइयो भने पनि सरकारी कामकाजका लागि उनी बाहिर जानुपर्ने भएकाले स्थानहद फुकुवा गरिएको थियो।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार  ३ : ४८ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र