२०८२, ६ माघ मंगलबार

ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश


काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारको अनुमति विना काठमाडौं उपत्यका बाहिर जान नपाउनेगरी तोकिएको स्थानहद (movement restriction)विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायधिश नृपध्वज निरौलाको इजलासले सरकारले र जाँचबुझ आयोगले पेश गरेका कारणको आधारमा आदेश जारी गरेको छ। अधिवक्ता डा. प्रेमराज सिलवालले स्थानहद तोक्नु कानून विपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए। जेन–जी आन्दोलनको क्रममा भएको दमन र भोलीपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगको सिफारिसमा सरकारले ओली, लेखक र तत्कालिन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतीविना उपत्यका बाहिर जान नदिने निर्णय गरेको थियो।

यस्तै तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडीमाथि पनि स्थानहद लगाइयो भने पनि सरकारी कामकाजका लागि उनी बाहिर जानुपर्ने भएकाले स्थानहद फुकुवा गरिएको थियो।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार  ३ : ४८ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा