२०८३, ८ भाद्र मंगलबार

प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार

प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार


काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङस्थित घरमा गएराति अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरेका छन्।

शुक्रबार प्रेस चौतारी नेपालले जारी गरेको विज्ञप्तिअनुसार लमजुङको सदरमुकाम बेँशीसहरस्थित पाण्डेको घरमा मध्यरात करिब १२ बजे ढुंगा प्रहार हुँदा झ्यालका सिसा फुटेका छन्।

अध्यक्ष पाण्डेले बताएका अनुसार, ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ। सो घरमा उनकी आमा र हजुरआमा बस्दै आएका छन्।

विज्ञप्तिमा भनिएको छ, “पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, श्रमजीवी तथा व्यावसायिक पत्रकारहरूको साझा संस्था प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्षकै घरमा भएको यस्तो आक्रमण अत्यन्त गम्भीर र निन्दनीय छ।”

प्रेस चौतारी नेपालले भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध भइरहेका उत्तेजनात्मक पोस्ट र घरमा आक्रमण गर्न गरिएको आह्वानपछि यो घटना योजनाबद्धरूपमा भएको ठहर गरेको छ।

महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अध्यक्षलाई डर देखाएर चौतारीका कलमजीवीहरूलाई दबाउने प्रयास सफल हुन सक्दैन। अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गर्दछौं।”

प्रेस चौतारी नेपालले घटनाको निष्पक्ष र छिटो अनुसन्धान गरी दोषीहरूलाई कानूनी कठघरामा उभ्याउन प्रशासन र सुरक्षा निकायसँग आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार  ३ : ०२ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र