२०८२, ५ मंसिर शुक्रबार

फोहोर विसर्जन अवरोध समाधानका लागि सहरी विकास मन्त्रालयमा छलफल

फोहोर विसर्जन अवरोध समाधानका लागि सहरी विकास मन्त्रालयमा छलफल


काठमाडौं । बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक लगाइएपछि समस्या समाधानका लागि सहरी विकास मन्त्रालयले सरोकारवालासँग शुक्रबार छलफल गर्ने भएको छ।

१८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जन रोक्दा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित बनेको हो। मन्त्रालयले धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकाका प्रमुख, वडाअध्यक्ष र सरोकारवालालाई छलफलमा बोलाएको छ। सिनियर डिभिजनल इन्जिनियर महेशबहादुर सिंहद्वारा पठाइएको पत्रमा सबै प्रतिनिधिलाई उपस्थित रहन अनुरोध गरिएको छ।

स्थानीय अगुवा नीराजन सञ्जेलले मन्त्रालयले बोलाएको छलफलमा सहभागी हुन तयारी भइरहेको बताए। २०७९ जेठ २६ मा भएको १८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै बुधबारदेखि स्थानीयले आन्दोलन गर्दै फोहोर बोक्ने गाडीहरू फर्काएका थिए। उनीहरूले दुर्गन्ध, सरुवाजन्य रोग र सहमति उल्लङ्घनविरुद्ध आन्दोलन गर्दै मुद्दा फिर्ताको माग पनि राखेका छन्।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार  २ : ५० बजे

एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज

सर्लाहीमा ट्याक्टरले किचेर चार बर्षिय बालकको मृत्यु

मलंगवा । सर्लाहीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ

राष्ट्रिय सुरक्षामा नयाँ अध्याय: ओली आज ‘नेसनल भोलेन्टियर फोर्स’ उद्घाटन गर्दै

काठमाडौं । नेकपा एमाले आज पार्टीभित्र नीति, सिद्धान्त र नेतृत्वको

एमाले महाधिवेशनको तयारी : सचिवालयको नेतृत्व पोखरेल, सुब्बा र भट्टराईलाई

काठमाडौं । नेकपा एमालेले आफ्नो आगामी महाधिवेशनको तयारीका लागि विभिन्न

एमालेको सचिवालय बैठक: संसद पुनर्स्थापनाको आवश्यकता पुष्टि

काठमाडौं । नेकपा एमालेले संसद पुनर्स्थापनाको आवश्यकता अझ स्पष्ट भएको