२०८२, १५ कार्तिक शुक्रबार

रेशम चौधरीको पार्टीले अघि सार्‍यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा

रेशम चौधरीको पार्टीले अघि सार्‍यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा


काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको छ।

दल दर्ता गरेपछि बसेको पहिलो बैठकपछि अध्यक्ष कवीर सोबले प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख प्रणालीले स्थिर सरकार र दिगो विकास सुनिश्चित गर्ने बताएका छन्। उनका अनुसार संसद्को गणितीय अस्थिरता अन्त्य गर्न यस्तो प्रणाली आवश्यक छ।

बैठकले चौधरीलाई संरक्षक, अब्दुल खानलाई वरिष्ठ उपाध्यक्ष र डा. उमाशंकर प्रसाद चौधरीलाई महासचिव नियुक्त गरेको छ। पार्टीले स्थिरता, समावेशिता र जनमतमा आधारित शासनलाई आफ्नो मूल एजेण्डा बनाउने जनाएको छ।

प्रकाशित मिति : २०८२, १५ कार्तिक शुक्रबार  २ : ४२ बजे

ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश

काठमाडौं महानगरपालिकाको आग्रह : फोहोर घर बाहिर ननिकाल्नू

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन रोकिएपछि काठमाडौं महानगरपालिकाले

प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार

काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङस्थित

फोहोर विसर्जन अवरोध समाधानका लागि सहरी विकास मन्त्रालयमा छलफल

काठमाडौं । बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक लगाइएपछि समस्या समाधानका लागि

रेशम चौधरीको पार्टीले अघि सार्‍यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा

काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले