२०८२, १५ कार्तिक शुक्रबार

कांग्रेसमा विशेष महाधिवेशन दबाब : प्रतिनिधिहरू भेला बस्दै

कांग्रेसमा विशेष महाधिवेशन दबाब : प्रतिनिधिहरू भेला बस्दै


काठमाडौं। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले भोलि काठमाडौंमा भेला बस्ने भएका छन्। विशेष महाधिवेशन माग गर्दै असोज २९ गते हस्ताक्षर बुझाएका प्रतिनिधिहरूले पार्टी नेतृत्वमाथि दबाब दिन भेला बोलाएका हुन्।

पार्टीमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरे पनि कांग्रेसले प्रक्रिया अघि बढाएको छैन। नेताहरू नियमित महाधिवेशनमा जोड दिँदै आएका छन्, तर कार्यतालिका ल्याउन ढिलाइ भइरहेको छ।

नेता गुरूराज घिमिरेले सेतोपाटीसँग भने, “आज र भोलि केन्द्रीय समिति बैठक हेर्छौं। नियमित महाधिवेशन कार्यतालिकासहित महाधिवेशन सम्पन्न गर्ने सुनिश्चितता आएन भने पर्सी महाधिवेशन प्रतिनिधिहरूको भेला हुन्छ। त्यसपछि विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय हुनेछ।”

पार्टी विधानको धारा १७(२) अनुसार विशेष कारण खुलाई प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न सक्ने र तीन महिनाभित्र त्यसको आयोजना गर्नुपर्ने व्यवस्था छ।

हाल सभापति शेरबहादुर देउवा पक्षले फागुन २१ को चुनावअघि नियमित वा विशेष महाधिवेशन सम्भव नहुने बताउँदै आएका छन्। तर महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र प्रदीप पौडेललगायत भने चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

केन्द्रीय समितिको कार्यकाल मंसिर मसान्तमा सकिनेछ। २०७८ मंसिर २४–२८ गते १४ औँ महाधिवेशन सम्पन्न भएको थियो। विधान अनुसार कार्यकाल सामान्यत ४ वर्षको हुन्छ भने विशेष परिस्थितिमा एक वर्षसम्म म्याद थप गर्न सकिन्छ।

भदौ २३–२४ गतेको जेनजी पुस्ताको आन्दोलनपछि पार्टीमा नीति र नेतृत्व परिवर्तन गरी रूपान्तरणको माग बढेको छ। महामन्त्री थापाले महाधिवेशन कार्यतालिका पेस गर्न प्रयास गरिरहेका छन्, तर सभापति देउवा पक्ष तयार नभएकोले काम अघि बढाउन सकिएको छैन।

आज दिउँसो १ बजे साेनपा (सिंहदरबारस्थित पार्टी कार्यालय) मा केन्द्रीय समिति बैठक बस्दैछ। यो बैठक असोज २८ कै निरन्तरता हो। बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। देउवा हाल सिंगापुरमा उपचाररत छन्।

प्रकाशित मिति : २०८२, १५ कार्तिक शुक्रबार  १० : ३० बजे

ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश

काठमाडौं महानगरपालिकाको आग्रह : फोहोर घर बाहिर ननिकाल्नू

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन रोकिएपछि काठमाडौं महानगरपालिकाले

प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार

काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङस्थित

फोहोर विसर्जन अवरोध समाधानका लागि सहरी विकास मन्त्रालयमा छलफल

काठमाडौं । बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक लगाइएपछि समस्या समाधानका लागि

रेशम चौधरीको पार्टीले अघि सार्‍यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा

काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले