२०८२, १ फाल्गुन शुक्रबार

कांग्रेसमा विशेष महाधिवेशन दबाब : प्रतिनिधिहरू भेला बस्दै

कांग्रेसमा विशेष महाधिवेशन दबाब : प्रतिनिधिहरू भेला बस्दै


काठमाडौं। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले भोलि काठमाडौंमा भेला बस्ने भएका छन्। विशेष महाधिवेशन माग गर्दै असोज २९ गते हस्ताक्षर बुझाएका प्रतिनिधिहरूले पार्टी नेतृत्वमाथि दबाब दिन भेला बोलाएका हुन्।

पार्टीमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरे पनि कांग्रेसले प्रक्रिया अघि बढाएको छैन। नेताहरू नियमित महाधिवेशनमा जोड दिँदै आएका छन्, तर कार्यतालिका ल्याउन ढिलाइ भइरहेको छ।

नेता गुरूराज घिमिरेले सेतोपाटीसँग भने, “आज र भोलि केन्द्रीय समिति बैठक हेर्छौं। नियमित महाधिवेशन कार्यतालिकासहित महाधिवेशन सम्पन्न गर्ने सुनिश्चितता आएन भने पर्सी महाधिवेशन प्रतिनिधिहरूको भेला हुन्छ। त्यसपछि विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय हुनेछ।”

पार्टी विधानको धारा १७(२) अनुसार विशेष कारण खुलाई प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न सक्ने र तीन महिनाभित्र त्यसको आयोजना गर्नुपर्ने व्यवस्था छ।

हाल सभापति शेरबहादुर देउवा पक्षले फागुन २१ को चुनावअघि नियमित वा विशेष महाधिवेशन सम्भव नहुने बताउँदै आएका छन्। तर महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र प्रदीप पौडेललगायत भने चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

केन्द्रीय समितिको कार्यकाल मंसिर मसान्तमा सकिनेछ। २०७८ मंसिर २४–२८ गते १४ औँ महाधिवेशन सम्पन्न भएको थियो। विधान अनुसार कार्यकाल सामान्यत ४ वर्षको हुन्छ भने विशेष परिस्थितिमा एक वर्षसम्म म्याद थप गर्न सकिन्छ।

भदौ २३–२४ गतेको जेनजी पुस्ताको आन्दोलनपछि पार्टीमा नीति र नेतृत्व परिवर्तन गरी रूपान्तरणको माग बढेको छ। महामन्त्री थापाले महाधिवेशन कार्यतालिका पेस गर्न प्रयास गरिरहेका छन्, तर सभापति देउवा पक्ष तयार नभएकोले काम अघि बढाउन सकिएको छैन।

आज दिउँसो १ बजे साेनपा (सिंहदरबारस्थित पार्टी कार्यालय) मा केन्द्रीय समिति बैठक बस्दैछ। यो बैठक असोज २८ कै निरन्तरता हो। बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। देउवा हाल सिंगापुरमा उपचाररत छन्।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार  १० : ३० बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको