२०८२, ५ माघ सोमबार

नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगे रेशम चौधरी, एउटै पोशाकमा नेताहरू उपस्थित

नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगे रेशम चौधरी, एउटै पोशाकमा नेताहरू उपस्थित


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक नेता रेशम चौधरीले नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक संगठनको दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरेका छन्।

चौधरी बिहीबार बिहान आफ्ना सहकर्मी नेताहरूसहित निर्वाचन आयोग पुगे। उनीहरू सबै एउटै पोशाकमा उपस्थित भएका थिए, जसले नयाँ दलको एकता, अनुशासन र नयाँ सुरुवातको सन्देश दिएको देखिएको छ। चौधरी नेतृत्वको टोलीले आयोगमा दल दर्ताका लागि आवश्यक कागजातहरू पेश गरेको छ। पार्टीले आगामी निर्वाचनका लागि ‘जाँतो’ चुनाव चिन्ह माग गरेको बताइएको छ।

सो अवसरमा चौधरीसँगै डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि उपस्थित थिए। अब्दुलसहित जनमत पार्टीका पाँच जना केन्द्रीय नेताहरूले असोजको पहिलो साता पार्टी त्यागेका थिए। टीकापुर घटनापछि भूमिगत अवस्थामा रहेर भारी मतले सांसद निर्वाचित भएका चौधरी, जेलमुक्त भएपछि नागरिक उन्मुक्ति पार्टीमार्फत राजनीतिक भूमिकामा सक्रिय बनेका थिए।

तर पछिल्ला महिनाहरूमा पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ र चौधरीबीच आन्तरिक विवाद तीव्र बनेको थियो। नेतृत्वको दिशा, निर्णय र पार्टी सञ्चालनको शैलीका विषयमा मतभेद बढेपछि चौधरी समूहले नयाँ दलको घोषणा गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार चौधरीको नयाँ दलले आफूलाई थरुहट-थारू समुदायको अधिकार, पहिचान र राष्ट्रिय समानताको पक्षधर शक्तिका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बिहीबार  ४ : १९ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा