२०८३, १९ आश्विन मंगलबार

भैरवामा आन्दोलनकै क्रममा जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

भैरवामा आन्दोलनकै क्रममा जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन


भैरवा। नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीका कारण उद्योगहरूले श्रमिकहरूलाई निकाल्न थालेको विरोधमा आयोजित आन्दोलनमा बोल्दै गर्दा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष तथा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य कमल गौतमको निधन भएको छ।

भैरहवास्थित विद्युत कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा सम्बोधन गर्दै गर्दा अचानक बेहोस भएका गौतमलाई तत्कालै उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्। रुपन्देही उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बाबुराम बोहराका अनुसार, गौतमलाई बेहोस भएको करिब १२ मिनेटभित्र अस्पताल पुर्‍याइएको भए पनि बचाउन सकिएन।

६२ वर्षीय गौतमले बुधबार मात्रै सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकमा संस्थागत रूपमा आन्दोलनमा सहभागी हुने निर्णय गरेका थिए। उनले विद्युत कटौती र उद्योग बन्दका कारण श्रमिकहरू बेरोजगार बनाइएका भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्दै आएका थिए। धर्ना कार्यक्रममा बोल्दै उनले भनेका थिए, “श्रमिक गुमाउन हामी तयार छैनौं, अन्याय सहने छैनौं।” सो वाक्य बोल्दै गर्दा उहाँको बोली लरबरिएको र त्यसपछि मञ्चमै ढलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

गौतम बुटवलको लक्ष्मीनगर निवासी हुन्। उनी दुई दिनअघि मात्र काठमाडौंबाट फर्केर आन्दोलनको नेतृत्वका लागि रुपन्देही पुगेका थिए। उहाँका श्रीमती र दुई छोरा छन्।उनको आकस्मिक निधनप्रति स्थानीय उद्योगी, श्रमिक, व्यवसायी तथा सहकर्मीहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बिहीबार  २ : १२ बजे

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर