२०८२, २७ कार्तिक बिहीबार

भैरवामा आन्दोलनकै क्रममा जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

भैरवामा आन्दोलनकै क्रममा जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन


भैरवा। नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीका कारण उद्योगहरूले श्रमिकहरूलाई निकाल्न थालेको विरोधमा आयोजित आन्दोलनमा बोल्दै गर्दा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष तथा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य कमल गौतमको निधन भएको छ।

भैरहवास्थित विद्युत कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा सम्बोधन गर्दै गर्दा अचानक बेहोस भएका गौतमलाई तत्कालै उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्। रुपन्देही उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बाबुराम बोहराका अनुसार, गौतमलाई बेहोस भएको करिब १२ मिनेटभित्र अस्पताल पुर्‍याइएको भए पनि बचाउन सकिएन।

६२ वर्षीय गौतमले बुधबार मात्रै सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकमा संस्थागत रूपमा आन्दोलनमा सहभागी हुने निर्णय गरेका थिए। उनले विद्युत कटौती र उद्योग बन्दका कारण श्रमिकहरू बेरोजगार बनाइएका भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्दै आएका थिए। धर्ना कार्यक्रममा बोल्दै उनले भनेका थिए, “श्रमिक गुमाउन हामी तयार छैनौं, अन्याय सहने छैनौं।” सो वाक्य बोल्दै गर्दा उहाँको बोली लरबरिएको र त्यसपछि मञ्चमै ढलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

गौतम बुटवलको लक्ष्मीनगर निवासी हुन्। उनी दुई दिनअघि मात्र काठमाडौंबाट फर्केर आन्दोलनको नेतृत्वका लागि रुपन्देही पुगेका थिए। उहाँका श्रीमती र दुई छोरा छन्।उनको आकस्मिक निधनप्रति स्थानीय उद्योगी, श्रमिक, व्यवसायी तथा सहकर्मीहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बिहीबार  २ : १२ बजे

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, आगामी निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । संघीय संसदअन्तर्गतका दुई वटा स्थायी समितिहरूको बैठक आज

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई