२०८२, २२ फाल्गुन शनिबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ। बैठक पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजे सुरु हुने कार्यक्रम छ। गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा ‘जेनजी आन्दोलन, अन्तरिम सरकार गठन, प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक अवस्था र त्यसमा पार्टीको भूमिकाबारे** छलफल भइरहेको** छ।

आजको बैठकमा पार्टीको १५औं महाधिवेशनका विषयमा केन्द्रित भएर छलफल हुने भएको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको कार्यकाल मंसिरभित्र सकिँदै छ। यससँगै पार्टीभित्र नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा बहस जारी छ। नियमित महाधिवेशनको तयारी नहुँदा केही नेताहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान समेत सञ्चालन गरेका छन्। सो अभियानमा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले समर्थन जनाएका छन्।

देउवाले स्वास्थ्य अवस्थाका कारण उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। त्यसयता खड्काको नेतृत्वमा केन्द्रीय कार्यसमितिको बैठकहरू सञ्चालन भइरहेका छन्। पछिल्लो पटक कात्तिक १ गते बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आजको बैठकका लागि मिति तोकेको थियो।

आजको बैठकबाट पार्टीको आगामी महाधिवेशन, संगठन सुदृढीकरण र राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बिहीबार  १० : १९ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै