२०८२, १४ कार्तिक बिहीबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ। बैठक पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजे सुरु हुने कार्यक्रम छ। गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा ‘जेनजी आन्दोलन, अन्तरिम सरकार गठन, प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक अवस्था र त्यसमा पार्टीको भूमिकाबारे** छलफल भइरहेको** छ।

आजको बैठकमा पार्टीको १५औं महाधिवेशनका विषयमा केन्द्रित भएर छलफल हुने भएको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको कार्यकाल मंसिरभित्र सकिँदै छ। यससँगै पार्टीभित्र नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा बहस जारी छ। नियमित महाधिवेशनको तयारी नहुँदा केही नेताहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान समेत सञ्चालन गरेका छन्। सो अभियानमा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले समर्थन जनाएका छन्।

देउवाले स्वास्थ्य अवस्थाका कारण उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। त्यसयता खड्काको नेतृत्वमा केन्द्रीय कार्यसमितिको बैठकहरू सञ्चालन भइरहेका छन्। पछिल्लो पटक कात्तिक १ गते बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आजको बैठकका लागि मिति तोकेको थियो।

आजको बैठकबाट पार्टीको आगामी महाधिवेशन, संगठन सुदृढीकरण र राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, १४ कार्तिक बिहीबार  १० : १९ बजे

६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता, दक्षिण कोरियामा द्विपक्षीय वार्ता सुरु

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ।

‘मोन्था’ चक्रवातको प्रभाव : कोसी, मधेश र बागमतीमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभावका कारण

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

नवलपुर । लगातारको वर्षाका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने

प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय बैठक, राजनीतिक दल र जेनजी समूह सहभागी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपराह्न ४ बजे