२०८३, २९ असार मंगलबार

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध


नवलपुर । लगातारको वर्षाका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ।

सडक मर्मतका क्रममा एकतर्फी सञ्चालनमा रहेको दाउन्ने खण्ड वर्षाको पानी र हिलोका कारण चिप्लो बनेपछि सवारीसाधन गुड्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोला आसपासको क्षेत्र विशेष रूपमा अवरुद्ध बनेको छ। “बिहानैदेखि परेको वर्षाका कारण बाटो हिलो र चिप्लो बनेको छ, जसले गर्दा सवारीसाधन पश्चिमतर्फ जान नसकेका छन्,” उहाँले भन्नुभयो। मालवाहक सवारीसाधन उकालो चढ्न नसक्दा जाम हुन नदिन प्रहरीले नियन्त्रणमा राख्ने प्रयास जारी राखेको पनि उहाँको भनाइ छ।

नेपालमा हाल बंगालको खाडी र अरब सागरमा विकसित चक्रवातको संयुक्त प्रभाव परिरहेको छ। खाडीतर्फको प्रणाली पूर्वबाट र अरब सागरतर्फको प्रणाली पश्चिमतर्फबाट प्रवेश गरेकाले देशका धेरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी र मधेश प्रदेशका केही भागमा आज र भोलि भारी वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बिहीबार  १० : १० बजे

पहिरो पन्छाउने काम जारी, वैकल्पिक मार्गबाट काठमाडौँतर्फ सवारी सञ्चालन

काठमाडौं । अविरल वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडक

आत्मदाह प्रयास गर्ने तेस्रो व्यक्तिको पनि मृत्यु, विवेक मण्डलले उपचारकै क्रममा गुमाए ज्यान

काठमाडौं । आत्मदाहको प्रयास गरेका सर्लाहीका ३४ वर्षीय विवेक मण्डलको

कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति तत्काल खारेजीको माग गर्दै कार्यालय अगाडि धर्ना

भक्तपुर, २९ असार : मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना