२०८३, ३० असार बुधबार

प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय बैठक, राजनीतिक दल र जेनजी समूह सहभागी

प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय बैठक, राजनीतिक दल र जेनजी समूह सहभागी


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपराह्न ४ बजे बालुवाटारमा हुने त्रिपक्षीय बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहका प्रतिनिधिहरू सहभागी हुने भएका छन्।

सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र प्रेस संयोजक रामबहादुर रावल बैठकमा उपस्थित हुनेछन्।

राजनीतिक दलबाट नेपाली कांग्रेसका गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन र माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी हुने जनाइएको छ।

जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’का १४ जना प्रतिनिधि बैठकमा सहभागिता जनाउनेछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकको मुख्य कार्यसूची आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माण र राजनीतिक समझदारी जुटाउने विषय रहेको छ। यसअघि पनि सरकार र राजनीतिक दलबीच कात्तिक ४ गते छलफल भइसकेको छ भने राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री र जेनजी समूहबीच पनि वार्ता भएको थियो।

प्रकाशित मिति : २०८२, १२ कार्तिक बुधबार  १ : ३२ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै