२०८२, १८ मंसिर बिहीबार

प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय बैठक, राजनीतिक दल र जेनजी समूह सहभागी

प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय बैठक, राजनीतिक दल र जेनजी समूह सहभागी


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपराह्न ४ बजे बालुवाटारमा हुने त्रिपक्षीय बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहका प्रतिनिधिहरू सहभागी हुने भएका छन्।

सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र प्रेस संयोजक रामबहादुर रावल बैठकमा उपस्थित हुनेछन्।

राजनीतिक दलबाट नेपाली कांग्रेसका गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन र माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी हुने जनाइएको छ।

जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’का १४ जना प्रतिनिधि बैठकमा सहभागिता जनाउनेछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकको मुख्य कार्यसूची आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माण र राजनीतिक समझदारी जुटाउने विषय रहेको छ। यसअघि पनि सरकार र राजनीतिक दलबीच कात्तिक ४ गते छलफल भइसकेको छ भने राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री र जेनजी समूहबीच पनि वार्ता भएको थियो।

प्रकाशित मिति : २०८२, १२ कार्तिक बुधबार  १ : ३२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको