२०८२, १३ कार्तिक बुधबार

सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकमत

सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकमत


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द (‘विप्लव’) सर्वपक्षीय सरकार गठन हुनुपर्ने मागमा एकैठाउँ उभिएका छन्।

एमाले अध्यक्ष ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सारेका छन्। विप्लवले पनि यही प्रस्ताव राख्दै, चुनावको लागि विश्वासिलो वातावरण निर्माण गर्न सर्वपक्षीय अन्तरिम सरकार आवश्यक रहेको बताएका छन्। विप्लवले अनलाइनखबरसँग भने,

“सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो।”

ओलीले भने प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापना गर्नुपर्ने र प्रतिनिधिसभाबाट संविधान संशोधन गर्ने व्यवस्था सहित चुनावी सरकारको प्रधानमन्त्री नियुक्ति गर्न सकिने प्रस्ताव अघि सारेका छन्।

गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रतिनिधिसभाबाट सरकार गठन हुन नसक्दा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। यस अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने म्यान्डेट पाएको छ।

प्रधानमन्त्री कार्कीले बुधबार जेनजी, राजनीतिक दल र सरकारबीच त्रिपक्षीय छलफल गर्ने तयारी गरिरहेकी छिन्। यसअघि उनले जेनजी र दलहरूसँग छुट्टाछुट्टै संवाद गरिसकेकी छन्।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बुधबार  ११ : २८ बजे

प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय बैठक, राजनीतिक दल र जेनजी समूह सहभागी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपराह्न ४ बजे

अमेरिकी डलरको भाउ लगातार बढ्दै, आज १४१.५३ पुगेको छ

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ लगातार वृद्धिदेखि चर्चा

सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट

नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र आम एकताका लागि महाधिवेशन आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीभित्र रुपान्तरण र