२०८३, ७ भाद्र सोमबार

सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकमत

सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकमत


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द (‘विप्लव’) सर्वपक्षीय सरकार गठन हुनुपर्ने मागमा एकैठाउँ उभिएका छन्।

एमाले अध्यक्ष ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सारेका छन्। विप्लवले पनि यही प्रस्ताव राख्दै, चुनावको लागि विश्वासिलो वातावरण निर्माण गर्न सर्वपक्षीय अन्तरिम सरकार आवश्यक रहेको बताएका छन्। विप्लवले अनलाइनखबरसँग भने,

“सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो।”

ओलीले भने प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापना गर्नुपर्ने र प्रतिनिधिसभाबाट संविधान संशोधन गर्ने व्यवस्था सहित चुनावी सरकारको प्रधानमन्त्री नियुक्ति गर्न सकिने प्रस्ताव अघि सारेका छन्।

गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रतिनिधिसभाबाट सरकार गठन हुन नसक्दा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। यस अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने म्यान्डेट पाएको छ।

प्रधानमन्त्री कार्कीले बुधबार जेनजी, राजनीतिक दल र सरकारबीच त्रिपक्षीय छलफल गर्ने तयारी गरिरहेकी छिन्। यसअघि उनले जेनजी र दलहरूसँग छुट्टाछुट्टै संवाद गरिसकेकी छन्।

प्रकाशित मिति : २०८२, १२ कार्तिक बुधबार  ११ : २८ बजे

राप्रपाको कडा एक्सन : बाग्मतीका तीन मन्त्रीलाई पदमुक्त गर्न लिङदेनको पत्र

काठमाडौं । पार्टीको निर्णय र निर्देशनविपरीत बाग्मती प्रदेश सरकारमा सहभागी

गगनले भेट्न खोजे देउवा, तर अझै खुलेन संवादको ढोका

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको विवाद मिलाउन सभापति गगन थापाले

मन्त्री छान्नै नसक्दा कर्णालीमा सत्ता विस्तार रोकियो, मुख्यमन्त्रीमाथि आफ्नै दलको दबाब

सुर्खेत । कर्णाली प्रदेश सरकार विस्तारको तयारी अन्तिम घडीमा आएर

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको