२०८२, १३ कार्तिक बुधबार

नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र आम एकताका लागि महाधिवेशन आवश्यक : नेता पौडेल

नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र आम एकताका लागि महाधिवेशन आवश्यक : नेता पौडेल


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीभित्र रुपान्तरण र पुस्तान्तरणसहितका मुद्दा सम्बोधन गर्दै आम एकता कायम गर्न नियमित महाधिवेशन आवश्यक रहेको बताएका छन्।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत जारी भिडियो वक्तव्यमा उनले भने कि केन्द्रीय समिति बैठकमा आम कार्यकर्ताको भावना र जेनजी आन्दोलनका क्रममा उठेका मुद्दा समेटेर नियमित महाधिवेशन गर्ने विस्तृत प्रस्ताव प्रस्तुत गरेको जानकारी दिएका छन्।

पौडेलले भने,

“अहिले उठेका रुपान्तरण र पुस्तान्तरणका तमाम मुद्दा सम्बोधन गर्दै आम कार्यकर्ताको मनोबल उच्च पारेर पार्टीलाई आगामी आम निर्वाचनमा प्रभावकारी नतिजा दिन नियमित महाधिवेशन आवश्यक छ। मैले जारी केन्द्रीय समिति बैठकमा विस्तृत लिखित प्रस्ताव प्रस्तुत गरिसकेको छु।”

वर्तमान कार्य समितिको म्याद थप्ने विषयमा उनले असहमति जनाउँदै,

“म्याद थप्ने कुरामा मेरो समर्थन छैन। समयमै अधिवेशन सम्पन्न गर्न हामी सबै लागौं।”

पौडेलले महाधिवेशनको माध्यमबाट आन्तरिक विवाद समाधान हुने र पार्टीभित्र आम एकता कायम हुने बताएका छन्। उनले जोड दिए,

“कांग्रेस भित्र एकता कायम गर्न, आन्तरिक विवाद अन्त्य गर्न र विधिसम्मत ढङ्गबाट समाधान गर्न महाधिवेशन मात्रै उपाय हो। यहीले पार्टीभित्र आम एकता सुनिश्चित गर्छ।”

उनले आगामी महाधिवेशनले जेनजी आन्दोलनको भावना समेट्दै नीतिगत स्पष्टता र पार्टीको स्थायित्व दुवै सुनिश्चित गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बुधबार  ११ : २१ बजे

प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय बैठक, राजनीतिक दल र जेनजी समूह सहभागी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपराह्न ४ बजे

अमेरिकी डलरको भाउ लगातार बढ्दै, आज १४१.५३ पुगेको छ

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ लगातार वृद्धिदेखि चर्चा

सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट

नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र आम एकताका लागि महाधिवेशन आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीभित्र रुपान्तरण र