२०८२, २६ पुस शनिबार

आजको मौसम : देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको प्रभाव सक्रिय रहेको छ।

यस प्रभावका कारण अहिले गण्डकी प्रदेशका केही स्थानहरू, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका अन्य पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

आज राति देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। महाशाखाले विशेषगरी बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने चेतावनी दिएको छ। कोशी, बागमती र मधेश प्रदेशका महाभारत र चुरे क्षेत्रमा बग्ने साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

वर्षा र हिमपातका कारण पहिरो, सडक तथा हवाई यातायात अवरोध, कृषि र पर्यटन गतिविधिमा असर पर्न सक्ने सम्भावना रहेको विभागको पूर्वानुमान छ।

प्रकाशित मिति : २०८२, १२ कार्तिक बुधबार  ११ : ०४ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,