२०८३, ११ असार शुक्रबार

सरकार, दल र जेनजीबीच पहिलो पटक त्रिपक्षीय वार्ता आज

सरकार, दल र जेनजीबीच पहिलो पटक त्रिपक्षीय वार्ता आज


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको वातावरण तयार गर्न सघन राजनीतिक संवादको तयारीमा रहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्ताबीच औपचारिक वार्ता गर्न लागेको छ।

आज (बुधबार) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने त्रिपक्षीय बैठकका लागि सरकारले राजनीतिक दलहरू र जेनजी समूहका प्रतिनिधिलाई आमन्त्रण गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको सफलताका लागि पहिलो पटक सरकार, दल र जेनजी पुस्ताबीच संयुक्त छलफल आयोजना गरिएको हो।

उनले भने, “चुनावलाई निष्पक्ष र स्वच्छ बनाउन सरकार सबै पक्षसँग चरणबद्ध संवाद गर्दैछ। यसअघि ४ कात्तिकमा राजनीतिक दलहरूसँगको पहिलो चरणको छलफल सम्पन्न भएको थियो।”

आजको बैठकलाई आगामी निर्वाचन प्रक्रिया, आन्दोलनपछि उत्पन्न परिस्थितिको समाधान र राजनीतिक सहमतिको प्रारम्भिक चरणका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, १२ कार्तिक बुधबार  ९ : ०४ बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि