२०८२, १३ कार्तिक बुधबार

सरकार, दल र जेनजीबीच पहिलो पटक त्रिपक्षीय वार्ता आज

सरकार, दल र जेनजीबीच पहिलो पटक त्रिपक्षीय वार्ता आज


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको वातावरण तयार गर्न सघन राजनीतिक संवादको तयारीमा रहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्ताबीच औपचारिक वार्ता गर्न लागेको छ।

आज (बुधबार) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने त्रिपक्षीय बैठकका लागि सरकारले राजनीतिक दलहरू र जेनजी समूहका प्रतिनिधिलाई आमन्त्रण गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको सफलताका लागि पहिलो पटक सरकार, दल र जेनजी पुस्ताबीच संयुक्त छलफल आयोजना गरिएको हो।

उनले भने, “चुनावलाई निष्पक्ष र स्वच्छ बनाउन सरकार सबै पक्षसँग चरणबद्ध संवाद गर्दैछ। यसअघि ४ कात्तिकमा राजनीतिक दलहरूसँगको पहिलो चरणको छलफल सम्पन्न भएको थियो।”

आजको बैठकलाई आगामी निर्वाचन प्रक्रिया, आन्दोलनपछि उत्पन्न परिस्थितिको समाधान र राजनीतिक सहमतिको प्रारम्भिक चरणका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बुधबार  ९ : ०४ बजे

अमेरिकी डलरको भाउ लगातार बढ्दै, आज १४१.५३ पुगेको छ

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ लगातार वृद्धिदेखि चर्चा

सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट

नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र आम एकताका लागि महाधिवेशन आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीभित्र रुपान्तरण र

दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प, एपीईसी शिखर सम्मेलन अगाडि उच्चस्तरीय बैठकको तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार दक्षिण कोरिया पुगेका