काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका रिट निवेदनहरूमा आजदेखि सुनुवाइ सुरु हुँदैछ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर गर्दै संसद् पुनःस्थापनाका लागि उत्प्रेषण तथा परमादेश आदेश मागदाबी गरिएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ।
अहिलेसम्म १६ वटा मुद्दा दायर भइसकेको प्रवक्ता कोइरालाले जानकारी दिए।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत पूर्णरूपमा जलेपछि अहिले त्रिपालमुनि अस्थायी रूपमा न्यायिक कामकाज सञ्चालन भइरहेको छ।
जेनजी पुस्ताको आन्दोलनपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही दिन प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको घोषणा गरेका थिए।






प्रतिक्रिया