२०८३, ८ भाद्र मंगलबार

माधव नेपालको पार्टीलाई दालालपूजीवादको आरोप लगाउँदै एमाले प्रवेश गर्न लागे बिपिन सापकोटा

माधव नेपालको पार्टीलाई दालालपूजीवादको आरोप लगाउँदै एमाले प्रवेश गर्न लागे बिपिन सापकोटा


दुबई । नेकपा एकीकृत समाजवादी (नेकपा एस) निकट प्रवासी संगठन “प्रवासी नेपाली एकता मञ्च, युएई” का अध्यक्ष बिपिन सापकोटा आफ्नो मूल पार्टी नेकपा एमालेमा प्रवेश गर्न लागेका छन्।

सापकोटाले पार्टीको वर्तमान नेतृत्व, विशेषगरी माधव नेपालमाथि असन्तोष व्यक्त गर्दै पार्टी परित्याग गर्ने निर्णय गरेका हुन्। उनले माधव नेपाल नेतृत्वको पार्टीलाई “दक्षिणपन्थी अवसरवादमा लिप्त” भएको र “नेपाली कम्युनिष्ट आन्दोलनलाई दालालपूजीवादसँग आत्मसमर्पण गरेको” आरोप लगाएका छन्। सापकोटा लामो समयदेखि प्रवासी नेपाली राजनीतिक क्षेत्रमा सक्रिय छन्। उनी संगठन सुदृढीकरण, कामदार हकहितका अभियान र बामपन्थी एकता प्रवर्द्धनमा अग्रसर रहँदै आएका नेताका रूपमा परिचित छन्।

स्रोतका अनुसार, सापकोटाको एमाले प्रवेशका लागि सबै तयारी पूरा भइसकेको छ र निकट भविष्यमै विशेष कार्यक्रममार्फत औपचारिक घोषणा गरिनेछ। उक्त कार्यक्रममा युएईसहित खाडीका अन्य देशका प्रवासी नेताहरूको पनि सहभागिता रहने जनाइएको छ।

सापकोटाले भने, “मैले सधैं बामपन्थी एकता, संगठन सुदृढीकरण र प्रवासी नेपालीको हितका लागि काम गरेको छु। अहिलेको अवस्थाले त्यस दिशामा अग्रसर हुनुपर्ने आवश्यकता देखियो। मूलधारको कम्युनिष्ट आन्दोलनसँग पुनः जोडिँदै देश र प्रवासी जनताको पक्षमा अझ प्रभावकारी योगदान गर्न चाहन्छु।”

उनको प्रवेशले प्रवासी राजनीतिक वृत्तमा नयाँ समीकरण र उत्साह निर्माण हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, ११ कार्तिक मंगलबार  ५ : २२ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र