२०८३, २७ भाद्र आईतबार

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न


काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिपूर्वक सम्पन्न गरिएको छठ पर्वले आज बिहान काठमाडौंको गौरीघाटमा विशेष रौनक पायो।

सूर्यदेवलाई सम्पूर्ण शक्तिको स्रोत मानेर मनाइने यो पर्वका अवसरमा गौरीघाटमा करिब ७०० भन्दा बढी छठ पूजास्थल निर्माण गरिएका थिए, जहाँ करिब पाँच लाखभन्दा बढी भक्तजनले पूजा आराधना गरेका थिए।

धार्मिक परम्पराअनुसार, उदाउँदो सूर्यलाई गाईको दूध, फूल र शुद्ध जल अर्पण गरी अर्घ्य दिएपछि छठ सम्पन्न हुने मान्यता छ। बिहानैदेखि श्रद्धालुहरू लुगासहित कम्मरसम्म पानीमा डुबेर सूर्य दर्शन गर्दै अर्घ्य अर्पण गरेका थिए।

यसरी बिहानको पूजालाई भिन्सरघाट भनिन्छ, जसमा सूर्योदयकालमै अर्घ्य दिइन्छ।
धार्मिक विश्वास अनुसार पृथ्वीका सबै जीवको सञ्चालन र संरक्षण जल र सूर्यबाट हुने भएकाले नदीलाई ‘माता’ र सूर्यलाई ‘शक्ति’को स्रोतका रूपमा मानेर पूजा गर्ने गरिन्छ।

तराई-मधेशसहित काठमाडौं उपत्यकाका विभिन्न भागमा उल्लासपूर्वक मनाइएको यो पर्व पशुपति क्षेत्रको गौरीघाट र कमलपोखरीमा विशेष रूपमा देखिएको थियो।
गौरीघाटमा उदाउँदो सूर्यको सुनौलो किरणसँगै श्रद्धा, आस्था र उल्लासको त्यो दृश्य अपूर्व थियो — जससँगै यस वर्षको छठ पर्व भक्तिपूर्वक समापन गरिएको छ।

प्रकाशित मिति : २०८२, ११ कार्तिक मंगलबार  १० : ४८ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।