२०८२, ६ माघ मंगलबार

हतियारधारीलाई खुला छुट दिने सरकार चुनावको नाममा जनतालाई झुक्याउँदैछ : सूर्य थापा

हतियारधारीलाई खुला छुट दिने सरकार चुनावको नाममा जनतालाई झुक्याउँदैछ : सूर्य थापा


काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले देशभर बढ्दै गएको अपराध, हिंसा र हतियार नियन्त्रणमा सरकार पूर्ण असफल भएको जनाएका छन्। उनले यस्तो असक्षम र निष्क्रिय सरकारले चुनावको हल्ला मच्चाउनु जनभावनाको अपमान भएको बताए।

अर्घाखाँचीको सन्धिखर्कमा आयोजित एमालेको विशाल जनप्रदर्शनपछिको सभामा बोल्दै थापाले भने, “हतियार नियन्त्रण गर्न नसक्ने, अपराधी समाउन नसक्ने सरकारले चुनावको हल्ला किन छरिरहेको छ ? जनताको सुरक्षा सुनिश्चित नगरी चुनावको तयारी गर्नु नै जनतालाई ठट्टा बनाउने प्रयास हो।” थापाका अनुसार देशभर हत्या, लुटपाट, अपहरण र गोली प्रहारका घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन्, तर सरकार कानुनी नियन्त्रण र अनुसन्धानमा बेपरवाह बनेको छ। उनले सरकारको सुरक्षा संयन्त्र नै निष्क्रिय बनाइएको आरोप लगाउँदै भने, “सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि दुरुपयोग गर्नेहरूले जनताको सुरक्षाको ग्यारेन्टी दिन सक्दैनन्।”

कार्यक्रममा उपस्थित हजारौं कार्यकर्ताहरूले थापाको अभिव्यक्तिलाई समर्थन जनाएका थिए। थापाले एमाले नै देशलाई स्थिरता, सुशासन र सुरक्षाको बाटोमा अघि बढाउने एकमात्र वैकल्पिक शक्ति भएको दाबी गरे। उनले भने, “एमाले जनताको पार्टी हो,हामी जनतालाई सुरक्षा, स्थायित्व र समृद्धिको ग्यारेन्टी दिन सक्षम छौं।”

प्रकाशित मिति : २०८२, १० कार्तिक सोमबार  ४ : ४९ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा