२०८२, ११ कार्तिक सोमबार

दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका हेलिकप्टर र लडाकू विमान दुर्घटना

दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका हेलिकप्टर र लडाकू विमान दुर्घटना


काठमाडौं । अमेरिकी नौसेनाका एक हेलिकप्टर र एक लडाकू विमान आइतबार दिउँसो दक्षिण चीन सागरमा छुट्टाछुट्टै समयमा दुर्घटनाग्रस्त भएका छन्।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार दिउँसो स्थानीय समयानुसार करिब २:४५ बजे एमएच–६०आर ‘सिहक’ हेलिकप्टर उड्दाउड्दै समुद्रमा खसेको हो। नौसेनाको स्क्वाड्रन-७३ एकाइअन्तर्गतको उक्त हेलिकप्टरमा सवार तीनै जना चालक दलका सदस्यलाई सुरक्षित उद्धार गरिएको छ। हेलिकप्टर दुर्घटनाको करिब आधा घण्टापछि, करिब सवा ३ बजे, फाइटिङ रेडकक्समा आबद्ध एफए-१८एफ ‘सुपर हर्नेट’ लडाकू विमान पनि सोही क्षेत्रमा खसेको सिएनएनले जनाएको छ। लडाकू विमानका दुई चालक दलका सदस्यलाई समेत सुरक्षित उद्धार गरिएको बताइएको छ।

दुवै विमान अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत ‘यूएसएस निमिट्ज’ बाट उडाइएको थियो। दुर्घटनाका कारणबारे नौसेनाले प्रारम्भिक छानबिन सुरु गरेको जनाएको छ। दक्षिण चीन सागरमा चीनसहितका विभिन्न दक्षिणपूर्वी एसियाली मुलुकहरूले आ–आफ्नो स्वामित्व दाबी गर्दै आएका छन्। तर, बेइजिङले करिब सम्पूर्ण समुद्री क्षेत्रमाथि आफ्नो अधिकारको दाबी गर्दै आएको छ, जुन विषयमा अन्तर्राष्ट्रिय अदालतले पहिले नै चीनको दाबी अस्वीकार गरिसकेको छ।

गत दुई दशकयता चीनले सो क्षेत्रमा सैन्य पूर्वाधार विस्तार गर्दै आएको छ, जसले अमेरिकी नौसेनाको स्वतन्त्र आवागमनलाई चुनौती दिएको बताइन्छ। अमेरिकी नौसेनाका यस्ता अभ्यासहरू वाशिङ्टनको दीर्घकालीन रणनीति अन्तर्गत चीनको समुद्री प्रभाव सन्तुलनमा राख्ने उद्देश्यसँग जोडिएका छन्।

यी दुर्घटनाहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एशिया भ्रमणकै बीचमा भएका हुन्। ट्रम्पले यसै साता चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्बन्धी वार्ता गर्ने तयारी गरिरहेका छन्। यसअघि पनि वसन्त ऋतुमा अमेरिकी नौसेनाका दुई सुपर हर्नेट जेट रेड सागरमा हराएका थिए।

नौसेनाका अनुसार एक सुपर हर्नेट लडाकू विमानको मूल्य करिब ६ करोड अमेरिकी डलर पर्छ। विश्वकै सबैभन्दा ठूलो युद्धपोतमध्ये एक ‘यूएसएस निमिट्ज’ अमेरिकी नौसेनाको सबैभन्दा पुरानो विमानवाहक युद्धपोत हो, जसलाई आगामी वर्ष सेवा निवृत्त गरिने तयारी गरिएको सिएनएनले जनाएको छ।

प्रकाशित मिति : २०८२, ११ कार्तिक सोमबार  ९ : ०६ बजे

छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई

छठ पर्वले सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक

छठ पर्वको सन्देश दिँदै प्रधानमन्त्री कार्कीले भनिन् -सबै नेपालीबीच एकताको खाँचो अझ बढी छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठसहितका चाडपर्वहरूले नेपाली समाजमा सामाजिक

४ लाख २२ हजार संस्थापक शेयर बिक्रीमा, प्रभु बैंकमा लगानीको नयाँ अवसर

काठमाडौं । देशका अग्रणी वाणिज्य बैंकमध्ये एक प्रभु बैंक लिमिटेडले

दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका हेलिकप्टर र लडाकू विमान दुर्घटना

काठमाडौं । अमेरिकी नौसेनाका एक हेलिकप्टर र एक लडाकू विमान