२०८२, १४ पुस सोमबार

खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरी कारबाही गर्ने तयारीमा

खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरी कारबाही गर्ने तयारीमा


काठमाडौं । विभिन्न फौजदारी मुद्दामा खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। नेपाल प्रहरीले कानूनबमोजिम उनलाई कारबाही गर्ने तयारी गरेको छ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतले साउन ५ गते विद्युतीय कारोबार ऐन अन्तर्गत सुनारलाई पक्राउ गर्न आदेश जारी गरेको थियो। सोही आदेशअनुसार प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको हो। यसअघिका साउन २ गते अदालतले सुनारलाई दोषी ठहर गर्दै कारबाही अघि बढाउन निर्देशन दिएको थियो।

त्यसैगरी, सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ गते तोडफोड तथा हातपातसम्बन्धी मुद्दामा पनि पक्राउ पुर्जी जारी गरेको छ। प्रहरी कार्यालयमा सुनारविरुद्ध बहुविवाहसम्बन्धी मुद्दा दर्ता रहेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले भने, “पक्राउ पुर्जी जारी भएमा कानूनबमोजिम कारबाही हुन्छ। मान्छे को हो भनेर हेर्ने होइन, आदेश अनुसार काम अघि बढ्छ।”

सुनारविरुद्ध जारी भएका विभिन्न जिल्लाका मुद्दा र पुर्जीको आधारमा प्रहरी कारबाही अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : २०८२, ९ कार्तिक आईतबार  ३ : ४५ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले