२०८३, ७ कार्तिक शनिबार

जोमसोममा पर्यटकको भीड ‘हिमालयको मरुभूमि’ हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित (फोटोफिचर)

जोमसोममा पर्यटकको भीड ‘हिमालयको मरुभूमि’ हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित (फोटोफिचर)


मुस्ताङ । हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला पर्यटकको भीडले भरिएको छ। यहाँको सुन्दर प्राकृतिक दृश्य, अनौठो भौगोलिक बनावट र शान्त वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको हो।

जोमसोमलाई ‘हिमालयको मरुभूमि’ भनेर पनि चिनिन्छ। यस क्षेत्रको बीचभागमा बन्जर मरुभूमि फैलिएको छ भने वरिपरि उभिएका सेता हिमालहरूको मनोरम दृश्यले पर्यटकलाई मोहित पार्छ। बिहानको घाममा चम्किने निलगिरी, धौलागिरी र अन्य हिमशृङ्खलाको दृश्य हेर्न जोमसोम पुग्नेको सङ्ख्या पछिल्ला हप्तामा झनै बढेको स्थानीय होटल व्यवसायीहरूको भनाइ छ।

पर्यटक मात्र नभई तिर्थयात्रीहरू पनि मुक्तिनाथ दर्शनका क्रममा जोमसोममा रोकिने गरेका छन्। कालीगण्डकी नदी किनारको शीतल हावा, स्थानीय थकाली संस्कृति र स्वादिष्ट खानपानले यहाँ आउने जो कोहीको मन जित्ने गरेको छ।

स्थानीय पर्यटन व्यवसायीहरूले यस वर्ष जोमसोममा पर्यटक आगमन अघिल्ला वर्षको तुलनामा करिब दोब्बर भएको बताएका छन्। उनीहरूका अनुसार यातायात सुधार र सामाजिक सञ्जालमार्फत जोमसोमको सौन्दर्य प्रचार बढेसँगै यहाँको पर्यटन व्यवसाय फस्टाउँदै गएको छ।

प्रकाशित मिति : २०८२, ९ कार्तिक आईतबार  ९ : ५१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना