२०८२, ५ मंसिर शुक्रबार

आज छठ पर्वको दोस्रो दिन ‘खरना’ विधि गरिँदै

आज छठ पर्वको दोस्रो दिन ‘खरना’ विधि गरिँदै


काठमाडौं । छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू ‘खरना’ विधिको तयारीमा जुटिसकेका छन् ।

कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको छठ पर्व आज पञ्चमी तिथिका दिन ‘खरना’ विधि गरिन्छ । सूर्योदयपूर्व स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खीर कुलदेवता र छठी देवीलाई चढाइन्छ । व्रतालुले कुलदेवता र छठी देवीलाई चढाएको खीर प्रसादस्वरुप खाने चलन छ, त्यस विधिलाई नै मिथिलामा ‘खरना’ भनिन्छ ।

छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन व्रतालुले आत्मशुद्धिका लागि उसिनेको चामल, लसुन÷प्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्यपरिकार खाँदैनन् । मैथिलीमा अर्बा (नउसिनिएको अन्न) खाइने विधिलाई ‘अर्बा–अर्बाइन’ भनिन्छ । पहिलो दिन मनाइने ‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ एकअर्कासँग जोडिएका विधि हुन् ।

त्यसपछि दोस्रो दिन ‘खरना’ को दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् ।

व्रतालुले आज सूर्यास्तपछि चन्द्रदर्शन गरि यो विधि सम्पन्न गर्ने छन् ।  ‘खरना’लाई स्वधर्म र आत्मसंरक्षण तथा पापको नाशको रुपमा लिने गरिएको छ ।

छठ पर्वको महत्त्वपूर्ण व्रत कात्तिक शुक्ल षष्ठी तिथि भोली गरिन्छ । सूर्य उपासनाको निराहार व्रत बसेर व्रतालुले सजाइएको जलाशय घाटमा पुगेर स्नानसँगै अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । साथै, सप्तमीका दिन बिहान व्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गरिन्छ ।

प्रकाशित मिति : २०८२, ९ कार्तिक आईतबार  ९ : ०१ बजे

एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज

सर्लाहीमा ट्याक्टरले किचेर चार बर्षिय बालकको मृत्यु

मलंगवा । सर्लाहीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ

राष्ट्रिय सुरक्षामा नयाँ अध्याय: ओली आज ‘नेसनल भोलेन्टियर फोर्स’ उद्घाटन गर्दै

काठमाडौं । नेकपा एमाले आज पार्टीभित्र नीति, सिद्धान्त र नेतृत्वको

एमाले महाधिवेशनको तयारी : सचिवालयको नेतृत्व पोखरेल, सुब्बा र भट्टराईलाई

काठमाडौं । नेकपा एमालेले आफ्नो आगामी महाधिवेशनको तयारीका लागि विभिन्न

एमालेको सचिवालय बैठक: संसद पुनर्स्थापनाको आवश्यकता पुष्टि

काठमाडौं । नेकपा एमालेले संसद पुनर्स्थापनाको आवश्यकता अझ स्पष्ट भएको