२०८३, १९ आश्विन मंगलबार

आज छठ पर्वको दोस्रो दिन ‘खरना’ विधि गरिँदै

आज छठ पर्वको दोस्रो दिन ‘खरना’ विधि गरिँदै


काठमाडौं । छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू ‘खरना’ विधिको तयारीमा जुटिसकेका छन् ।

कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको छठ पर्व आज पञ्चमी तिथिका दिन ‘खरना’ विधि गरिन्छ । सूर्योदयपूर्व स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खीर कुलदेवता र छठी देवीलाई चढाइन्छ । व्रतालुले कुलदेवता र छठी देवीलाई चढाएको खीर प्रसादस्वरुप खाने चलन छ, त्यस विधिलाई नै मिथिलामा ‘खरना’ भनिन्छ ।

छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन व्रतालुले आत्मशुद्धिका लागि उसिनेको चामल, लसुन÷प्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्यपरिकार खाँदैनन् । मैथिलीमा अर्बा (नउसिनिएको अन्न) खाइने विधिलाई ‘अर्बा–अर्बाइन’ भनिन्छ । पहिलो दिन मनाइने ‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ एकअर्कासँग जोडिएका विधि हुन् ।

त्यसपछि दोस्रो दिन ‘खरना’ को दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् ।

व्रतालुले आज सूर्यास्तपछि चन्द्रदर्शन गरि यो विधि सम्पन्न गर्ने छन् ।  ‘खरना’लाई स्वधर्म र आत्मसंरक्षण तथा पापको नाशको रुपमा लिने गरिएको छ ।

छठ पर्वको महत्त्वपूर्ण व्रत कात्तिक शुक्ल षष्ठी तिथि भोली गरिन्छ । सूर्य उपासनाको निराहार व्रत बसेर व्रतालुले सजाइएको जलाशय घाटमा पुगेर स्नानसँगै अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । साथै, सप्तमीका दिन बिहान व्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गरिन्छ ।

प्रकाशित मिति : २०८२, ९ कार्तिक आईतबार  ९ : ०१ बजे

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर