२०८२, ८ कार्तिक शुक्रबार

चर्चित गायिका नितु पौडेलको मृत्यु

चर्चित गायिका नितु पौडेलको मृत्यु


काठमाडौं । आत्मदाह प्रयास गरेकी चर्चित गायिका नितु पौडेलको मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, नितु पौडेलको मृत्यु शुक्रबार बिहान साढे ८ बजे भएको हो। गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन्। आत्मदाहका क्रममा गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ उनको ज्यान बचाउन प्रयास गरियो तर उनी बच्न सकिनन्।

यस घटनामा प्रहरीले गायक बाबुल गिरीलाई पनि बोलाएर सोधपुछ गरेको थियो। हाल गिरी प्रहरीको सम्पर्कमा रहेको एसपी भट्टराईले जानकारी दिए। यद्यपि, गिरीविरुद्ध कुनै जाहेरी हालसम्म दर्ता भएको छैन। नितु पौडेलको निधनले सांगीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उनका परिवारजन र साथीहरूले उनको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, ८ कार्तिक शुक्रबार  १ : ३४ बजे

चर्चित गायिका नितु पौडेलको मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेकी चर्चित गायिका नितु पौडेलको मृत्यु

मिथिलामा छठ पर्वको तयारी सुरु, उत्सवमय वातावरण

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक फैलिएको

बिपीराजमार्गमा मोटरसाइकल दुर्घटना: लोबसाङ होइदेनको मृत्यु

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, तल्लो बरामामा आज बिहान मोटरसाइकल

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले