२०८२, १४ पुस सोमबार

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट भागेको दाबी गरेका छन्। उनले भनेका छन् कि सरकारले ठूला नेताहरूको सम्पत्ति छानबिन सुरु गरेपछि खड्का भागिसकेको र अन्य पनि भाग्ने प्रयासमा रहेको छ।

अर्यालले पत्रकारहरूसँगको अन्तरवार्तामा भने, “अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। कसैको भागाभागसमेत भएको छ। तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्।”

तर, पूर्व ऊर्जामन्त्री खड्काले भने आफू भागेको नभएको पुष्टि गर्दै पत्रकारहरूसँगको संवाद आफ्नो बुढानीलकण्ठस्थित जलेको घरबाटै गरेका छन्। उनका अनुसार, उक्त घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए। खड्काले देशको पछिल्लो अवस्था र भदौ २३-२४ गतेको घटनाबारे पनि आफ्नो दृष्टिकोण राखेका छन्।

यो विषय अहिले राष्ट्रिय चर्चा र राजनीतिक संवेदनशीलताको केन्द्रबिन्दुमा रहेको छ। नागरिक समाज र विभिन्न राजनीतिक विश्लेषकहरूले दुवै पक्षको दाबीलाई लिएर अलग-अलग प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २०८२, ३ कार्तिक सोमबार  १० : ०९ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले