२०८२, २२ फाल्गुन शनिबार

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा समृद्धि, समानता र शान्ति सुव्यवस्था स्थापनाका लागि आफू दृढप्रतिबद्ध रहेको बताएका छन्।

आइतबार काठमाडौंमा प्रेस चौतारी नोपलद्धारा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रत्येक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउने अवस्था सिर्जना गर्नु सरकार र राजनीतिक नेतृत्वको प्रमुख दायित्व भएको बताए।

उनले भने, “देशमा समृद्धि ल्याइनुपर्छ, समानता ल्याइनुपर्छ, शान्ति र सुव्यवस्था विश्वसनीय ढंगले स्थापना हुनुपर्छ। हरेक व्यक्तिले आफ्नो जिउँधन, अधिकार र सम्पत्तिको प्रत्याभूति पाउनुपर्छ।”

ओलीले समाजका हरेक नागरिकले आत्मसम्मानसहित बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए। उनले आफ्नो राजनीतिक जीवनका मूल्य र मान्यता देश, जनता र मानवजातिप्रति निष्ठापूर्वक समर्पित रहेको उल्लेख गरे।

पत्रकारितासँग सम्बन्धित प्रश्नमा उनले आफ्नो प्रधानमन्त्री कार्यकालमा प्रेस स्वतन्त्रता कुण्ठित नभएको दाबी गरे। ओलीले भने, “मैले प्रधानमन्त्री हुँदा पत्रकारले डराएर लेख्नुपर्ने अवस्था थिएन। आत्मसेन्सर गर्ने वा आफैंलाई सीमित राख्नुपर्ने स्थिति थिएन।”

उनले देश विकासको मार्गमा अघि बढिरहेको बेला अहिले राजनीतिक अस्थिरता र अव्यवस्था बढ्दै गएको आरोप लगाए। “देश सार्वभौमसत्ता जगेर्ना गर्दै अगाडि बढिरहेको थियो, तर अहिले त्यो प्रक्रिया भताभुङ्ग भएको छ,” ओलीको भनाइ थियो।

कार्यक्रममा ओलीले आफ्नो बफादारी र निष्ठा सधैं राष्ट्र, जनता र मानवताप्रतिको प्रतिबद्धतामा केन्द्रित रहेको स्पष्ट पारे। उनले भने, “मेरो बफादारिता कसैलाई मन नपरे पनि देशप्रति, जनताप्रति र मानव जातिप्रति मेरो निष्ठा अटल छ। ती नै मेरा मूल्य र मान्यताको आधार हुन्।”

प्रकाशित मिति : २०८२, ३ कार्तिक सोमबार  ८ : ०२ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै