२०८२, ४ कार्तिक सोमबार

प्रधानमन्त्री कार्कीको सन्देश : “स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकार प्रतिबद्ध”

प्रधानमन्त्री कार्कीको सन्देश : “स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकार प्रतिबद्ध”


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।

तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले निर्वाचन तयारीसँगै राजनीतिक संवाद र सुरक्षा व्यवस्थाको अवस्था सन्तोषजनक ढंगले अघि बढिरहेको जानकारी दिइन्।प्रधानमन्त्री कार्कीले भनिन्, “फागुन २१ गतेभित्र स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने हाम्रो लक्ष्य हो। त्यसअघि आदर्श राज्य सञ्चालन, सुशासन कायम, भ्रष्टाचारविरुद्ध ठोस कदम र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा बेथितिको निष्पक्ष छानबिन हाम्रो प्राथमिक जिम्मेवारी हो।”

उनले थपिन्, “छ महिनाभित्र स्थिर सरकार गठन गर्ने प्रतिबद्धतासहित हामी निर्वाचनको वातावरण निर्माणमा दत्तचित्त भएर लागिरहेका छौँ। राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारका कामहरू सन्तोषजनक ढंगले अघि बढिरहेका छन्।”

प्रधानमन्त्रीले जनतालाई लोकतान्त्रिक अधिकारको प्रयोगका लागि आह्वान गर्दै शान्ति, सहमति र एकताबाट लोकतान्त्रिक यात्रालाई मजबुत पार्न सबै दल र नागरिकलाई साथ दिन आग्रह गरेकी छन्।

प्रकाशित मिति : २०८२, ४ कार्तिक सोमबार  ७ : २९ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,