२०८३, ८ भाद्र मंगलबार

प्रधानमन्त्री कार्कीको सन्देश : “स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकार प्रतिबद्ध”

प्रधानमन्त्री कार्कीको सन्देश : “स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकार प्रतिबद्ध”


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।

तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले निर्वाचन तयारीसँगै राजनीतिक संवाद र सुरक्षा व्यवस्थाको अवस्था सन्तोषजनक ढंगले अघि बढिरहेको जानकारी दिइन्।प्रधानमन्त्री कार्कीले भनिन्, “फागुन २१ गतेभित्र स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने हाम्रो लक्ष्य हो। त्यसअघि आदर्श राज्य सञ्चालन, सुशासन कायम, भ्रष्टाचारविरुद्ध ठोस कदम र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा बेथितिको निष्पक्ष छानबिन हाम्रो प्राथमिक जिम्मेवारी हो।”

उनले थपिन्, “छ महिनाभित्र स्थिर सरकार गठन गर्ने प्रतिबद्धतासहित हामी निर्वाचनको वातावरण निर्माणमा दत्तचित्त भएर लागिरहेका छौँ। राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारका कामहरू सन्तोषजनक ढंगले अघि बढिरहेका छन्।”

प्रधानमन्त्रीले जनतालाई लोकतान्त्रिक अधिकारको प्रयोगका लागि आह्वान गर्दै शान्ति, सहमति र एकताबाट लोकतान्त्रिक यात्रालाई मजबुत पार्न सबै दल र नागरिकलाई साथ दिन आग्रह गरेकी छन्।

प्रकाशित मिति : २०८२, ३ कार्तिक सोमबार  ७ : २९ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र