२०८३, १२ कार्तिक बिहीबार

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा


काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय सुरक्षा समितिको बैठक आयोजना गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बस्ने उक्त बैठकमा मुलुकका प्रमुख सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला प्रतिनिधिहरू सहभागी हुनेछन्।

गृह मन्त्रालयका अनुसार बैठकमा केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारेको सुरक्षा योजनाको प्रगति समीक्षा गरिनेछ। साथै, आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउने उद्देश्यले नीतिगत निर्देशनहरू पनि दिइनेछ। बैठकमा गृह तथा रक्षा सचिवहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी हुनेछन्।

गृहमन्त्री अर्यालले कार्यभार सम्हालेपछि सुरक्षा रणनीतिलाई प्राथमिकता दिँदै सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरेका थिए। उक्त समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधिहरू सदस्य छन् भने उपसचिव रवीन्द्र अधिकारी सदस्य–सचिव छन्। सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न देशभरका जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा जिल्ला एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिनेछ। जिल्ला समितिहरूले केन्द्रबाट तयार पारिएको योजनाअनुसार निर्वाचन सुरक्षाको जिम्मेवारी सम्हाल्नेछन्।

सरकारले निर्वाचनलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि सारेको छ। यसैअनुसार गृह मन्त्रालयले सुरक्षा तयारीलाई तीव्रता दिँदै निर्वाचन अवधिभर शान्ति र सुरक्षा सुनिश्चित गर्न व्यापक रणनीति बनाइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, २ कार्तिक आईतबार  ८ : ४५ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली