२०८३, १९ आश्विन मंगलबार

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा


काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय सुरक्षा समितिको बैठक आयोजना गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बस्ने उक्त बैठकमा मुलुकका प्रमुख सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला प्रतिनिधिहरू सहभागी हुनेछन्।

गृह मन्त्रालयका अनुसार बैठकमा केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारेको सुरक्षा योजनाको प्रगति समीक्षा गरिनेछ। साथै, आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउने उद्देश्यले नीतिगत निर्देशनहरू पनि दिइनेछ। बैठकमा गृह तथा रक्षा सचिवहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी हुनेछन्।

गृहमन्त्री अर्यालले कार्यभार सम्हालेपछि सुरक्षा रणनीतिलाई प्राथमिकता दिँदै सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरेका थिए। उक्त समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधिहरू सदस्य छन् भने उपसचिव रवीन्द्र अधिकारी सदस्य–सचिव छन्। सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न देशभरका जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा जिल्ला एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिनेछ। जिल्ला समितिहरूले केन्द्रबाट तयार पारिएको योजनाअनुसार निर्वाचन सुरक्षाको जिम्मेवारी सम्हाल्नेछन्।

सरकारले निर्वाचनलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि सारेको छ। यसैअनुसार गृह मन्त्रालयले सुरक्षा तयारीलाई तीव्रता दिँदै निर्वाचन अवधिभर शान्ति र सुरक्षा सुनिश्चित गर्न व्यापक रणनीति बनाइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, २ कार्तिक आईतबार  ८ : ४५ बजे

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर