काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।
महाशाखाले दिएको जानकारीअनुसार आज दिउँसो देशका पहाडी भू-भागहरूमा मौसम सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई र अन्य भू-भागमा मुख्यतया सफा मौसम रहनेछ।
आज राति पनि देशभरको मौसम मुख्यतया सफा नै रहने अनुमान गरिएको छ। पछिल्ला केही दिनदेखि देशभर वर्षा वा तुफानजस्ता मौसमी गतिविधि नदेखिएको र हावापानी स्थिर रहेको महाशाखाले जनाएको छ।
सफा मौसमका कारण हवाई उडान, यातायात र दैनिक जनजीवनमा सहजता रहने अपेक्षा गरिएको छ। तर, बिहान र बेलुकीको समयमा कतिपय पहाडी स्थानमा हल्का कुहिरो देखिन सक्ने महाशाखाले सम्भावना जनाएको छ।
प्रतिक्रिया