२०८३, २० आश्विन बुधबार

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्

ओलीको प्रस्तावमा असहमति: उपाध्यक्ष ज्ञवाली र शाक्य संसद् पुनर्स्थापनाको पक्षमा छैनन्


काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले संसद् पुनर्स्थापनाको पक्षमा जनपरिचालन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावप्रति असहमति जनाएका छन्।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले आगामी आन्दोलनको केन्द्र संसद् पुनर्स्थापनाको पक्षमा रहने स्पष्ट संकेत दिएपछि दुई उपाध्यक्षले फरक मत राखेका हुन्।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ज्ञवालीले उक्त विषयलाई प्रचारात्मक आन्दोलनसम्म सीमित राख्नुपर्ने राय व्यक्त गरेका थिए।
गौतमका शब्दमा,

“प्रतिनिधिसभा पुनर्स्थापनाको विषयलाई प्रचारात्मक आन्दोलनको विषय मात्रै बनाउनुपर्छ भन्ने युवराज ज्ञवालीले राय राख्नुभएको छ, त्यसमा अष्टलक्ष्मी शाक्यले समर्थन गर्नुभएको छ।”

बैठकमा ओलीले चुनावभन्दा पनि संसद् पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै पार्टीलाई सडकमा उतार्ने तयारीको सन्देश दिएका थिए। तर उपाध्यक्षद्वयको फरक धारणा पार्टीभित्र पुनः विचार विमर्शको विषय बनेको छ।

पार्टी स्रोतका अनुसार, ओलीले पुनर्स्थापनाको एजेन्डालाई ‘संवैधानिकता र लोकतन्त्रको पक्षको लडाइँ’को रूपमा प्रस्तुत गर्न खोजिरहेका छन्, भने ज्ञवाली र शाक्यले त्यसलाई ‘संगठनात्मक प्रदर्शन र जनसंपर्क कार्यक्रम’को रूपमा सीमित राख्नुपर्ने बताएका छन्।

प्रकाशित मिति : २०८२, ३१ आश्विन शुक्रबार  ७ : २१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको