२०८३, २० आश्विन बुधबार

४३ स्थानीय तहले अझै बजेट ल्याएनन्, संवैधानिक दायित्व उल्लंघन

४३ स्थानीय तहले अझै बजेट ल्याएनन्, संवैधानिक दायित्व उल्लंघन


काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएको तीन महिना बित्दा पनि देशभरका ४३ स्थानीय तहले अझै वार्षिक बजेट सार्वजनिक गर्न सकेका छैनन्। संविधानले असार १० गतेभित्र सबै स्थानीय तहले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान राखे पनि ती तहहरूले अझैसम्म बजेट ल्याउन नसकेका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, ७५३ स्थानीय तहमध्ये ७१० ले मात्रै बजेट पेस गरेका छन्। सबैभन्दा बढी ढिलाइ मधेस प्रदेशमा भएको छ, जहाँ ३४ स्थानीय तहले अझै बजेट ल्याएका छैनन्। त्यसपछि लुम्बिनीमा चार, कोशीमा दुई, बागमती र कर्णालीमा एक–एक स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन्। गण्डकी र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले भने बजेट समयमै पेस गरिसकेका छन्।

मन्त्रालयका अधिकारीहरूका अनुसार राजनीतिक विवाद, सत्ता साझेदारीमा मतभेद र कार्यपालिका बैठक नबसेको कारणले बजेट ढिलाइ भएको हो। यस्तो ढिलाइले विकास योजना, कर्मचारी तलब र सेवा प्रवाहमा प्रत्यक्ष असर परेको छ। अधिकारीहरूले चेतावनी दिएका छन् “संविधानले तोकेको मिति नमान्नु जनप्रतिनिधिको जिम्मेवारी उल्लंघन हो, मन्त्रालयले स्पष्टीकरण माग्ने तयारी गरेको छ।”

विश्लेषकहरू भन्छन्, स्थानीय तहमा बजेट ढिलाइ हुनुले वित्तीय अनुशासन कमजोर बनाउँदै संघीय शासन प्रणालीमै अविश्वास बढाउने खतरा निम्त्याएको छ।

प्रकाशित मिति : २०८२, ३१ आश्विन शुक्रबार  ८ : ५८ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय