२०८२, ६ माघ मंगलबार

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी, अध्यक्ष ओलीको निर्णायक सम्बोधनको तयारी

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी, अध्यक्ष ओलीको निर्णायक सम्बोधनको तयारी


काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक तेस्रो दिन आज पनि ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा जारी छ। बैठकमा अझै बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले धारणा राखेपछि आजै बैठक सकिने भएको छ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, आज करिब १५० जना केन्द्रीय सदस्यहरूले आफ्ना विचार राख्ने छन्। उनका अनुसार अझै करिब ५० जना सदस्यहरू बोल्न बाँकी छन्। गौतमले भने, “बोल्न बाँकी नेताहरूलाई तीन मिनेटकै समय दिइनेछ। बैठकको अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले सबै सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिँदै निर्णायक सम्बोधन गर्नुहुनेछ।”

बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत विशेष राजनीतिक प्रस्ताव माथि तीव्र बहस र सुझावहरू जारी छन्। सदस्यहरूले वर्तमान राजनीतिक संकट, सरकारले घोषणा गरेको निर्वाचन, तथा पार्टीको भविष्यको रणनीति बारे आफ्ना धारणा व्यक्त गरिरहेका छन्। तीन दिनदेखि जारी बैठक ‘जेन जी आन्दोलन’पछि देशमा उत्पन्न असामान्य राजनीतिक अवस्थाको मूल्याङ्कन र पार्टीको दिशानिर्देश तय गर्ने उद्देश्यले आयोजना गरिएको हो। बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११औं महाधिवेशन गर्ने निर्णय अन्तिम रूपमा पारित गर्ने तयारी गरेको छ।

आजको सत्रमा उपमहासचिव प्रदीप ज्ञवालीले पनि समसामयिक प्रस्तावहरू प्रस्तुत गर्ने छन्। बैठकको निष्कर्षमा अध्यक्ष ओलीले पार्टी एकता, राष्ट्रियता र आगामी निर्वाचन तयारीबारे निर्णायक सन्देश दिने उच्चस्तरीय तयारी भइरहेको स्रोतहरूले जनाएका छन्।

प्रकाशित मिति : २०८२, ३१ आश्विन शुक्रबार  ८ : ४९ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा