२०८२, २२ फाल्गुन शनिबार

ओलीलाई कमजोर पार्ने खेल असफल हुन्छ, एमाले झन् सबल बन्छ : रेशम लामा

ओलीलाई कमजोर पार्ने खेल असफल हुन्छ, एमाले झन् सबल बन्छ : रेशम लामा


काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रेशम लामाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेलाई कमजोर पार्ने देशी–विदेशी सबै खेल असफल हुने दाबी गरेका छन्। उनले भने, “ओलीलाई कमजोर पार्ने जो कोही छन्, उनीहरूलाई इतिहासले क्षमा गर्ने छैन। एमालेलाई दबाउने प्रयास गर्नेहरू आफैं ढल्नेछन्।”

एमाले केन्द्रीय कमिटीको बैठकमा धारणा राख्दै लामाले अहिले विदेशी शक्तिहरूको निर्देशनमा काम गर्ने पराधीन सरकारले घोषणा गरेको निर्वाचन नेपालको सार्वभौमिकतामाथिको प्रत्यक्ष प्रहार भएको टिप्पणी गरे। उनका अनुसार, यस्तो असमयको निर्वाचन देशको स्वाभिमानमाथिको धावा बोल्ने षड्यन्त्र हो।

लामाले भने, “एमालेमाथि प्रहार गर्नु भनेको राष्ट्रियताको मेरुदण्डमाथि प्रहार गर्नु हो। अहिलेको घडीमा अध्यक्ष ओलीको नेतृत्व नै राष्ट्रियताको सुरक्षा कवच बनेको छ। ओली नै राष्ट्रको दिशा निर्धारण गर्ने दूरदर्शी नेता हुन्।”

उनले पार्टीभित्र नेतृत्व परिवर्तनको कुरा उठाउनेहरूलाई चेतावनी दिँदै भने, “अहिले नेतृत्व परिवर्तनको कुरा गर्नु भनेको विदेशीको एजेण्डा अघि सार्नु हो। एमाले भित्रका असन्तुष्टहरू सावधान हुनुपर्छ — यो समय एकता, संगठन र देशको पक्षमा उभिने समय हो।”

इतिहासको सन्दर्भ दिँदै लामाले भने, “केपी ओली जत्तिको राष्ट्रवादी, बलियो र दृढ नेता नेपालमा छैन। चाहे चूचे नक्साको मुद्दा होस् वा ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना — ओलीले सधैं राष्ट्रिय स्वाभिमान र विकासको पक्षमा अडान लिए।”

उनले अन्त्यमा जोड दिए, “एमाले र ओलीलाई कमजोर पार्ने हरेक षड्यन्त्र असफल हुनेछ। अहिलेको घडीमा ओली र एमालेलाई बचाउनु भनेको नेपालको सार्वभौमिकता र स्वाभिमान बचाउनु हो।”

प्रकाशित मिति : २०८२, ३१ आश्विन शुक्रबार  ८ : २८ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै