२०८२, ३० आश्विन बिहीबार

मन्त्रिपरिषद् बैठक : १० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत, राजदूत फिर्ता

मन्त्रिपरिषद् बैठक : १० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत, राजदूत फिर्ता


काठमाडौं । असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको मल्टी टोनर ट्रस्ट फण्डमार्फत १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका नेपाली राजदूतलाई २०८२ कात्तिक २० भित्र नेपाल फिर्ता बोलाउने निर्णय पनि गरेको छ।

साथै, बैठकले किर्तिपुर क्रिकेट रंगशाला आयोजना, नेपाल–भारत अन्तरदेशिय प्रशारण लाइन निर्माण, र फौजदारी मामिलामा पारस्परिक कानूनी सहायताका लागि सम्झौता गर्ने विषयमा स्वीकृति दिएको छ।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  १० : ५४ बजे

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, यादव पक्षले निर्वाचन बहिष्कार

जनकपुर । जसपा नेपाल मधेश प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको

प्रवक्ता सापकोटा: सरकार मिति तोक्ने तर निर्वाचन नगर्ने बाटोमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार

मन्त्रिपरिषद् बैठक : १० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत, राजदूत फिर्ता

काठमाडौं । असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक वित्त

नेप्से घट्दा कारोबारमा सामान्य सुधार

काठमाडौं । नेप्से परिसूचक बिहीबार १८.४० अंकले घटेर २४८७.१७ अंकमा

यूएईकाे छनोटसँगै टी-२० विश्वकप खेल्ने सबै टीमको टुंगो

काठमाडौं । भारत र श्रीलंकामा हुने आउँदो टी-२० विश्वकप खेल्ने