२०८३, ८ बैशाख बुधबार

नेपाली कांग्रेस बैठक : नियमित महाधिवेशनमै जोड

नेपाली कांग्रेस बैठक : नियमित महाधिवेशनमै जोड


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मंसिरमा नियमित महाधिवेशन गर्ने निर्णयलाई प्राथमिकता दिँदै विशेष महाधिवेशनको माग अस्वीकार गरेको छ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बिहीबार बसेको बैठकमा अधिकांश सदस्यहरूले नियमित प्रक्रियाबाटै नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।

१४औं महाधिवेशनका ५३ प्रतिशतभन्दा बढी प्रतिनिधिले विशेष महाधिवेशनको माग गरे पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशन समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। डा. शेखर कोइराला, गगनकुमार थापा, मोहनबहादुर बस्नेत र अन्य नेताहरूले पनि विशेष होइन, नियमित महाधिवेशनमार्फत पार्टीमा ऊर्जा र एकता ल्याउनुपर्ने धारणा राखे।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकको एजेन्डामा विशेष महाधिवेशन समावेश नै थिएन र कांग्रेसले मंसिरमै नियमित महाधिवेशन गर्ने दिशामा छलफल अघि बढाएको छ।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  १० : ३१ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले