२०८२, १ कार्तिक शुक्रबार

नेपाली कांग्रेस बैठक : नियमित महाधिवेशनमै जोड

नेपाली कांग्रेस बैठक : नियमित महाधिवेशनमै जोड


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मंसिरमा नियमित महाधिवेशन गर्ने निर्णयलाई प्राथमिकता दिँदै विशेष महाधिवेशनको माग अस्वीकार गरेको छ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बिहीबार बसेको बैठकमा अधिकांश सदस्यहरूले नियमित प्रक्रियाबाटै नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।

१४औं महाधिवेशनका ५३ प्रतिशतभन्दा बढी प्रतिनिधिले विशेष महाधिवेशनको माग गरे पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशन समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। डा. शेखर कोइराला, गगनकुमार थापा, मोहनबहादुर बस्नेत र अन्य नेताहरूले पनि विशेष होइन, नियमित महाधिवेशनमार्फत पार्टीमा ऊर्जा र एकता ल्याउनुपर्ने धारणा राखे।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकको एजेन्डामा विशेष महाधिवेशन समावेश नै थिएन र कांग्रेसले मंसिरमै नियमित महाधिवेशन गर्ने दिशामा छलफल अघि बढाएको छ।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  १० : ३१ बजे

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी, अध्यक्ष ओलीको निर्णायक सम्बोधनको तयारी

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक तेस्रो दिन

ओलीलाई कमजोर पार्ने खेल असफल हुन्छ, एमाले झन् सबल बन्छ : रेशम लामा

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, यादव पक्षले निर्वाचन बहिष्कार

जनकपुर । जसपा नेपाल मधेश प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको

प्रवक्ता सापकोटा: सरकार मिति तोक्ने तर निर्वाचन नगर्ने बाटोमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार

मन्त्रिपरिषद् बैठक : १० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत, राजदूत फिर्ता

काठमाडौं । असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक वित्त