२०८३, ३ भाद्र बिहीबार

निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिनुहोस् : राष्ट्रपति पौडेलको जेनजीलाई आह्वान

निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिनुहोस् : राष्ट्रपति पौडेलको जेनजीलाई आह्वान


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गते हुने निर्वाचनलाई ‘राष्ट्रको काँचुली फेर्ने ऐतिहासिक अवसर’का रूपमा लिएर सफल बनाउन नयाँ पुस्ता, अर्थात् ‘जेनजी’लाई आह्वान गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार प्रधानमन्त्री सुशीला कार्की, अन्तरिम सरकारका मन्त्रीहरू र जेनजी अभियानका प्रतिनिधिहरूसँग भएको छलफलमा राष्ट्रपतिले युवाहरूले परिवर्तनको चाहनालाई निर्वाचनमार्फत व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । “युवा पुस्ताले चाहेको देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद र पक्षपातबाट मुक्त हुनुपर्छ। त्यसका लागि यो निर्वाचनलाई राष्ट्रको काँचुली फेर्ने महाअभियानको रूपमा लिनु जरुरी छ,” राष्ट्रपतिले आन्दोलनको सम्मानस्वरूप अन्तरिम सरकार गठन भएको स्मरण गराउँदै त्यसलाई जनआकांक्षाको पहिलो उपलब्धिका रूपमा लिन आग्रह गरे। उनले भने, “संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अधिकार दिएको छ। म त्यसै अधिकार प्रयोग गर्दै यो सरकार गठनमा संलग्न भएको हुँ। अब यसको सफलता युवाहरूको हातमा छ।”

त्यस्तै, उनले आन्दोलनको नाममा स्वार्थ साध्ने तत्वहरूबाट सचेत रहन चेतावनी दिँदै युवाहरूलाई देशको भविष्य निर्माणमा एकजुट हुन आह्वान गरे। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपतिप्रति धन्यवाद दिँदै भनिन्, “उहाँले उमेर र स्वास्थ्यको पर्वाह नगरी देशको संकटका बेला निरन्तर खटिनुभयो। उहाँको सन्देश युवाहरूका लागि प्रेरणादायी र ऐतिहासिक बनेको छ।”

जेनजी अभियानका प्रतिनिधिहरूले बैठकमा आफ्नो आन्दोलन सामाजिक र आर्थिक न्याय, पारदर्शिता र कुशासन अन्त्यका लागि भएको स्पष्ट पारे। उनीहरूले संविधान, लोकतन्त्र र संघीयताप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै आगामी निर्वाचनलाई सफल बनाउन पूर्ण तयारी रहेको जनाए।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  १० : २४ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती