२०८२, १९ मंसिर शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठक दोस्रो दिन सुरु, सदस्यहरूले धारणा राख्ने क्रम जारी

एमाले केन्द्रीय कमिटी बैठक दोस्रो दिन सुरु, सदस्यहरूले धारणा राख्ने क्रम जारी


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक दोस्रो दिन बिहीबार सुरु भएको छ। बैठक बिहान आठ बजे सुरु हुने भनिए पनि केही ढिलाइ भएपछि जावलाखेल, ललितपुरस्थित रामबाघ महलमा सुरु भएको एमालेले जनाएको छ।

आजको बैठकमा पनि अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने बताइएको छ। पहिलो दिन बुधबार ५० जना सदस्यहरूले धारणा राखिसकेका थिए भने आज बाँकी सदस्यहरूले आफ्ना विचार राख्ने अनुमान गरिएको छ। आज करिब एक सय सदस्यहरूले बोल्ने सम्भावना देखिएको छ।

एमाले नेताहरूका अनुसार, सबै सदस्यले धारणा राख्ने इच्छा देखाएपछि भोलि शुक्रबारसम्म बैठक सकिने भनिए पनि बैठक केही दिन लम्बिन सक्ने संकेत देखिएको छ।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  ९ : ३८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको