२०८३, १४ श्रावण शुक्रबार

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६१ रुपैयाँ, आलु रातो प्रतिकिलो ५६ रुपैयाँ , आलु रातो (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४७ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो  १३० रुपैयाँ , गाजर (तराई) प्रतिकिलो ११० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ६० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ११० रुपैयाँ, रातो मूला प्रतिकेजी ६० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो ६० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ७५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ९० रुपैयाँ, तने बोडी प्रतिकिलो १८० रुपैयाँ, मकै बोडी प्रतिकिलो १०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १८० रुपैयाँ , घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १७० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो २५० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १०० रुपैयाँ, तीतो करेला प्रतिकिलो १०० रुपैयाँ, लौका प्रतिकिलो ८० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो १२० रुपैयाँ, परबर (तराई) प्रतिकिलो १२० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ८० रुपैयाँ, घिरौँला प्रतिकिलो १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ७५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ७५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५० रुपैयाँ, सलगम प्रतिकिलो १०० रुपैयाँ, भिन्डी प्रतिकिलो १६० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ९० रुपैयाँ, बरेला प्रतिकिलो १३० रुपैयाँ कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो ७५ रुपैयाँ, स्कूस प्रतिकिलो १२ रुपैयाँ, रायोसाग प्रतिकिलो २०० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी २५० रुपैयाँ, चमसुर प्रतिकेजी २०० रुपैयाँ, तोरीको साग प्रतिकिलो १०० रुपैयाँ, मेथीको साग प्रतिकिलो ३०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ९० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३९० रुपैयाँ, कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, निगुरो प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो २५० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १५० रुपैयाँ , जिरीको साग प्रतिकिलो ४०० रुपैयाँ, सेलरी प्रतिकिलो २६० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो ३०० रुपैयाँ, पुदिना प्रतिकिलो ६०० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २४० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) १२० रुपैयाँ, कागती प्रतिकिलो १३० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १६० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७० रुपैयाँ, मौसम प्रतिकिलो १८० रुपैयाँ, जुनार प्रतिकिलो २६० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ८० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, निबुवा प्रतिकिलो ७० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ र लप्सी प्रतिकिलो ५५ रुपैयाँ, किबी प्रतिकिलो २६० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  ८ : ५० बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा