२०८२, १५ पुस मंगलबार

एमाले केन्द्रीय कमिटी बैठकमा आज पनि धारणा राख्ने क्रम जारी, ओलीको प्रस्तावमाथि बहस तीव्र

एमाले केन्द्रीय कमिटी बैठकमा आज पनि धारणा राख्ने क्रम जारी, ओलीको प्रस्तावमाथि बहस तीव्र


काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक दोस्रो दिन बिहीबार विहान ८ बजेबाट सुरु भएको छ। आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको विशेष राजनीतिक प्रस्तावमाथि आफ्ना धारणा राख्ने क्रम जारी छ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आफ्ना विचार राखिसकेका थिए भने आज करिब १०० जनाले धारणा राख्ने अनुमान गरिएको छ। सबै सदस्यले बोल्ने हो भने बैठक अझै केही दिन लम्बिने सम्भावना देखिएको छ।

बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेटको समय दिइएको छ। निर्धारित समय पार गरेपछि स्वतः माइक बन्द हुने व्यवस्था गरिएको छ। सदस्यहरूको पालो वर्णानुक्रमअनुसार उल्टो ‘ज्ञ’ अक्षरबाट सुरु गरिएको छ। बुधबार ‘र’ बाट सुरु हुने नाम भएका सदस्यहरूले धारणा राखेका थिए।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा हालको सत्ता समीकरण, प्रतिपक्षमा एमालेको भूमिकाको प्रभावकारिता, संगठन सुदृढीकरण र आगामी महाधिवेशनका विषयहरू समेटिएका छन्। बैठकमा केन्द्रीय सदस्यहरूले यी विषयमाथि विभिन्न दृष्टिकोण राखिरहेका छन्।

कतिपय सदस्यहरूले एमालेले संघर्षमुखी प्रतिपक्षीय भूमिकालाई जनमुखी अभियानमा रूपान्तरण गर्नुपर्ने सुझाव दिएका छन् भने केहीले कांग्रेस–माओवादी गठबन्धनको असफलता जनतामाझ सशक्त रूपमा उजागर गर्नुपर्ने मत राखेका छन्। संगठन सुदृढीकरणका सन्दर्भमा सदस्यहरूले प्रदेशस्तरमा देखिएका असन्तुलन र कार्यकर्ता सक्रियतामा आएको सुस्तीबारे पनि ध्यानाकर्षण गराएका छन्।

बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औं महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ। महाधिवेशनलाई विचार, संगठन र नेतृत्व सुदृढीकरणको अवसरका रूपमा अघि सारिएको छ। तर, आन्तरिक रूपमा केही सदस्यहरूले दीर्घकालीन नेतृत्वका सवालमा पुस्तान्तरणको बहस सुरु गर्नुपर्ने सुझाव पनि दिएका छन्।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  ८ : ०१ बजे

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं। गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै पुरानो वर्षलाई

तोकियो उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची मंगलबार बिहानसम्म पनि निर्वाचन

मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत