२०८३, ११ असार शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठकमा आज पनि धारणा राख्ने क्रम जारी, ओलीको प्रस्तावमाथि बहस तीव्र

एमाले केन्द्रीय कमिटी बैठकमा आज पनि धारणा राख्ने क्रम जारी, ओलीको प्रस्तावमाथि बहस तीव्र


काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक दोस्रो दिन बिहीबार विहान ८ बजेबाट सुरु भएको छ। आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको विशेष राजनीतिक प्रस्तावमाथि आफ्ना धारणा राख्ने क्रम जारी छ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आफ्ना विचार राखिसकेका थिए भने आज करिब १०० जनाले धारणा राख्ने अनुमान गरिएको छ। सबै सदस्यले बोल्ने हो भने बैठक अझै केही दिन लम्बिने सम्भावना देखिएको छ।

बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेटको समय दिइएको छ। निर्धारित समय पार गरेपछि स्वतः माइक बन्द हुने व्यवस्था गरिएको छ। सदस्यहरूको पालो वर्णानुक्रमअनुसार उल्टो ‘ज्ञ’ अक्षरबाट सुरु गरिएको छ। बुधबार ‘र’ बाट सुरु हुने नाम भएका सदस्यहरूले धारणा राखेका थिए।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा हालको सत्ता समीकरण, प्रतिपक्षमा एमालेको भूमिकाको प्रभावकारिता, संगठन सुदृढीकरण र आगामी महाधिवेशनका विषयहरू समेटिएका छन्। बैठकमा केन्द्रीय सदस्यहरूले यी विषयमाथि विभिन्न दृष्टिकोण राखिरहेका छन्।

कतिपय सदस्यहरूले एमालेले संघर्षमुखी प्रतिपक्षीय भूमिकालाई जनमुखी अभियानमा रूपान्तरण गर्नुपर्ने सुझाव दिएका छन् भने केहीले कांग्रेस–माओवादी गठबन्धनको असफलता जनतामाझ सशक्त रूपमा उजागर गर्नुपर्ने मत राखेका छन्। संगठन सुदृढीकरणका सन्दर्भमा सदस्यहरूले प्रदेशस्तरमा देखिएका असन्तुलन र कार्यकर्ता सक्रियतामा आएको सुस्तीबारे पनि ध्यानाकर्षण गराएका छन्।

बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औं महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ। महाधिवेशनलाई विचार, संगठन र नेतृत्व सुदृढीकरणको अवसरका रूपमा अघि सारिएको छ। तर, आन्तरिक रूपमा केही सदस्यहरूले दीर्घकालीन नेतृत्वका सवालमा पुस्तान्तरणको बहस सुरु गर्नुपर्ने सुझाव पनि दिएका छन्।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  ८ : ०१ बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि